एमाले सचिव महेश बस्नेत भन्छन् : अध्यक्ष ओलीविरुद्धको प्रचार भ्रामक
nepalpress.com · Sun May 24 16:26:28 GMT 2026

काठमाडौँ । नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट हटाउने वा राजीनामा माग्ने विषयमा बाहिर आएका चर्चा भ्रामक रहेको बताएका छन् ।
अध्यक्ष ओली निवासमा आइतबार बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले तीन दिनसम्म चलेको बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेका सबै प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको दावी गरे । उनले पार्टीभित्र नेतृत्व परिवर्तनको चर्चा निराधार रहेको दाबी गर्दै आगामी दिनमा पनि पार्टीको नेतृत्व ओलीले नै गर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)