जेनजी आन्दोलनमा फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ
ratopati.com · Wed Jun 17 12:06:58 GMT 2026

काठमाडौँ । जेनजी आन्दोलनमा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ३८ वर्षिय टेक बहादुर तामाङलाई मङ्गलबार काठमाडौँको तारकेश्वर नगरपालिका वडा नम्बर ८ जरखुबाट पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक एवं प्रवक्ता अनुपम शमशेर ज.ब.रा.ले जानकारी दिए ।
रसुवा उत्तरगया गाउँपालिका वडा नम्बर ९ का उनी अवैध रूपमा संरक्षित वन्यजन्तु ध्वाँसे चितुवाको छाला ओसारपसार तथा खरिद बिक्री मुद्दामा काठमाडौँ जिल्ला अदालतको आदेशले केन्द्रीय कारागार कार्यालय, जगन्नाथदेवल, सुन्धारामा पुर्पक्ष थुनामा रहेका थिए।
गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा उनी कारागारबाट भागेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)