मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

बार्सिलोनालाई ला लिगाको उपाधि, रियल म्याड्रिड पराजित

ratopati.com · Sun May 10 21:04:39 GMT 2026

काठमाडौँ । चिर प्रतिद्वन्द्वी रियल म्याड्रिडलाई २–० गोल अन्तरले पराजित गर्दै बार्सिलोना तीन खेल अगावै स्पेनिस ला लिगाको च्याम्पियन बनेको छ । घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा मार्कस रासफोर्ड र फेरान टोरेसको गोलको मद्दतले बार्सिलोनाले २०२५–२६ सिजनको उपाधि आफ्नो पोल्टामा पारेको हो ।

खेलको सुरुवाती नवौँ मिनेटमा मार्कस रासफोर्डले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। यसै सिजन म्यानचेस्टर युनाइटेडबाट लोनमा बार्सिलोना आएका रासफोर्डले सुन्दर फ्रिकिकमार्फत गोल गरेका थिए। त्यसको ९ मिनेटपछि अर्थात् खेलको १८औँ मिनेटमा फेरान टोरेसले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)