विद्यालयमा आधुनिक ‘इलर्निङ सेन्टर’ स्थापना
ratopati.com · Sun May 10 21:17:59 GMT 2026

भोजपुर । यहाँको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कस्थित सिंहदेवी माध्यमिक विद्यालयमा आधुनिक इलर्निङ सेन्टर स्थापना गरिएको छ । ग्रामीण क्षेत्रमा अध्ययनरत विद्यार्थीलाई समयसापेक्ष, गुणस्तरीय तथा प्रविधिमैत्री शिक्षण प्रणालीसँग जोड्ने उद्देश्यका साथ ईश्वर मन्दिर काठमाडौँको पहलमा उक्त सेन्टर स्थापना गरिएको हो ।
डिजिटल युगको आवश्यकताअनुसार शिक्षण प्रणालीलाई रूपान्तरण गर्ने लक्ष्यका साथ सञ्चालन गरिएको यस अभियानअन्तर्गत विद्यालयलाई २० थान डेस्कटप कम्प्युटर, एक थान स्मार्ट टिभी तथा आवश्यक सामग्री प्रदान गरिएको छ । यससँगै विद्यालयमा औपचारिक रूपमा इलर्निङ सेन्टर सञ्चालनमा ल्याइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)