मुख्यमन्त्री बनेका अभिनेता विजयको पहिलो निर्णयः तमिलनाडुमा २०० युनिटसम्म बिजुली निःशुल्क
barnanmedia.com · Sun May 10 21:35:00 GMT 2026

सिनेमाका सुपरस्टार सी जोसेफ विजय (थलपति विजय) ले आइतबार तमिलनाडुको मुख्यमन्त्रीको रुपमा सपथ लिएका छन्। चेन्नईस्थित नेहरु स्टेडियममा राज्यपाल राजेन्द्र अर्लेकरसँग विजय र अन्य नौ मन्त्रीलाई पद तथा गोपनीयताको शपथ लिएका हुन्।
मञ्चबाटै उनले आफ्नो पहिलो निर्णयमा हस्तार गरे। ‘राज्यका सबै घरधुरीलाई दुई सय युनिटसम्म बिजुली निःशुल्क उपलब्ध गराइनेछ’, उनले हस्ताक्षर गरेको निर्णयमा भनिएको छ। महिला सुरक्षाका लागि लायनेस नामक कार्यक्रमको घोषणा गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)