मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दल दर्ता नहुने निर्वाचन आयोगको चेतावनी पछि देउवाले थपे १० केन्द्रीय सदस्य

annapurnapost.com · Wed Aug 17 00:33:00 GMT 2022

काठमाडौं : नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले दल दर्ता गर्ने अन्तिम दिनमा कांग्रेसका १० महिलालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन्। निर्वाचन आयोगले पार्टीलाई समावेशी नबनाए दल दर्ता नहुने बताएपछि पार्टी सभापति देउवाले १० जनालाई मनोनीत गरेका हुन्।

आयोगले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि साउन २२ देखि साउन ३१ गतेसम्म दल दर्ता गर्ने समय दिए पनि समावेशी समिति नभएका कारण कांग्रेसले दल दर्ता गर्न सकेको थिएन। त्यसको लागि सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (१०) बमोजिम १० जना महिलालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)