मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

राष्ट्र बैंकले कस्तो बनायो बैंक तथा वित्तीय संस्थाका कर्मचारीको सेवा विनियमावली ? संशोधित पूर्णपाठ

nepalbahas.com · Wed Jun 17 12:03:09 GMT 2026

राष्ट्र बैंकले कस्तो बनायो बैंक तथा वित्तीय संस्थाका कर्मचारीको सेवा विनियमावली ? संशोधित पूर्णपाठ

३ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरूका लागि कर्मचारी सेवा विनियमावलीको संशोधित मस्यौदा तयार पारेको छ । मस्यौदामा थप घट गर्न सुझाव पनि मागिएको छ ।

राष्ट्र बैंकले यस मस्यौदामा सरोकारवालाहरूबाट २०८३ असार १५ गतेभित्र राय/सुझाव उपलब्ध गराउन अनुरोध गरेको छ । यो विनियमावली लागु भएपछि बैंक तथा वित्तीय क्षेत्रको जनशक्ति व्यवस्थापन थप व्यवस्थित र आधुनिक हुने अपेक्षा गरिएको छ ।

बैंक तथा वित्तीय संस्थाहरूका लागि कर्मचारी सेवा विनियमावली संशोधन गर्दै बैंकका कर्मचारीहरूले ग्राहकसँग मर्यादित व्यवहार गर्नुपर्ने र कुनै पनि प्रकारको व्यक्तिगत आर्थिक फाइदा लिन नहुने व्यवस्था थप गरिएको छ ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा १३३ ले दिएको अधिकार प्रयोग गरी तयार पारिएको यस विनियमावलीमा कर्मचारीको नियुक्ति, सेवा सुविधा र आचरणका सम्बन्धमा महत्वपूर्ण र नयाँ व्यवस्थाहरू प्रस्ताव गरिएको छ ।

कर्मचारीहरूको हितलाई ध्यानमा राख्दै विभिन्न सुविधाहरू प्रस्ताव गरिएको राष्ट्र बैंकले जनाएको छ । महिला कर्मचारीले सुत्केरी हुनु अघि वा पछि गरी १४ हप्ताको पूर्ण तलबसहितको मातृत्व संरक्षण बिदा पाउने व्यवस्था गरिएको छ । यदि यो बिदा अपुग भएमा चिकित्सकको सिफारिसमा बढीमा एक वर्षसम्म बेतलबी बिदा समेत पाउन सकिने प्रावधान छ ।

कर्मचारीले आफ्नो धर्म र संस्कृतिअनुसार मनाइने मुख्य चाडपर्वका लागि एक महिनाको तलबबराबरको रकम चाडपर्व खर्चका रूपमा पाउनेछन् । पारिवारिक शोकको समयमा १५ दिनको किरिया बिदा र कर्मचारीको मनोबल उच्च राख्न वर्षमा कम्तीमा सात दिनको अनिवार्य बिदाको व्यवस्था समेत मस्यौदामा समावेश छ ।

कार्यस्थललाई सुरक्षित र मर्यादित बनाउन यौनजन्य दुव्र्यहार निवारणसम्बन्धी आचारसंहिता लागु गर्नुपर्ने, कर्मचारी तथा व्यवस्थापनबीचको सम्बन्ध सुधारका लागि श्रम सम्बन्ध समिति गठन गरिने व्यवस्था गरिएको छ ।

संस्थाको सांगठनिक संरचना र दरबन्दी निर्धारण गर्दा रणनीतिक योजना अपनाउनुपर्ने, व्यावसायिक योजना र उत्तराधिकारी योजनालाई आधार मान्नुपर्ने प्रावधान राखिएको छ । यो विनियमावली लागु भएपछि बैंक तथा वित्तीय क्षेत्रको जनशक्ति व्यवस्थापन थप व्यवस्थित र आधुनिक हुने अपेक्षा गरिएको छ । कर्मचारीहरूले यस विनियमावलीमा उल्लेखित सेवाका सर्तहरूको जानकारी राख्नु उनीहरूको कर्तव्य हुने समेत मस्यौदामा उल्लेख छ ।

कर्मचारीको प्रकारः

बैंक वा वित्तीय संस्थाामा निम्न प्रकारका कर्मचारीहरु हुनेछन् :– (क) स्थायी कर्मचारीः स्थायी कर्मचारीको सेवाको शर्त, कार्य तथा जिम्मेवारी यस विनियमावली अनुसार निर्धारण गरिेनेछ ।

अस्थायी/परीक्षणकालीन/व्यवस्थापन प्रशिक्षार्थी/सेवा प्रशिक्षार्थी/परीक्षणकालीन व्यवस्थापन प्रशिक्षार्थी/सहायक प्रशिक्षार्थीको नियुक्तिको शर्त, प्रशिक्षण अवधि, सुविधा आदि शर्तहरु सम्बन्धमा समितिले आफ्नो छुटृै कार्यविधि बनाई लागु गर्न सक्नेछ ।

परीक्षणकालमा नियुक्त भएको कर्मचारीलाई निजले परीक्षणकाल अवधिमा सन्तोषजनक काम गरेमा मात्र यस विनियमावली बमोजिम स्थायी नियुक्ति दिइनेछ । उपविनियम (१) को खण्ड (क) र (ख) मा जुनसुकै कुरा लेखिएको भए तापनि बैंक वा वित्तीय संस्थाको कुनै पदमा सेवा अवधि, पारिश्रमिक, सेवा सुविधा र सेवाका शर्त करारनामामा उल्लेख गरी करारमा काम लगाउन सकिनेछ ।

प्रत्येक कर्मचारीको स्पष्ट काम, कर्तव्य तथा जिम्मेवारी खुल्ने गरी कार्य विवरण तयार गरिनेछ । विभागीय प्रमुखले कार्य विभाजनको एक प्रति आफूसँग राखी एक प्रति सम्बन्धित कर्मचारीलाई दिनु पर्नेछ । ९छ० कुनै पनि कर्मचारीको कार्य विवरण पद वा श्रेणी परिवर्तन भएमा वा काम गर्ने स्थान परिवर्तन भएमा सोही पद वा श्रेणी वा स्थान अनुरुप परिर्वतन हुन सक्नेछ ।

कर्मचारी नियुक्ति सम्बन्धी विशेष व्यवस्थाः

प्रत्येक पद वा श्रेणीमा नियुक्तिको लागि चाहिने न्यूनतम शैक्षिक योग्यता पदपूर्ति समितिको सिफारिसमा समितिले तोक्न सक्नेछ । समितिद्वारा निर्धारित न्यूनतम शैक्षिक योग्यता नचाहिने भनी निर्णय गरेको अवस्थामा बाहेक विद्यमान प्रत्येक श्रेणीको पदमा खुला प्रतियोगिताद्वारा नयाँ नियुक्ति गर्दा आवश्यक न्यूनतम शैक्षिक योग्यता अनुसूची........... मा उल्लेख भए अनुसार हुनेछ । तर, न्यूनतम शैक्षिक योग्यतामा हरेफेर गर्नुपरेमा सोकोऔचित्य पुष्टी हुनेआधार खलुाएर गर्न सकिनेछ ।

बैंक वा वित्तीय संस्थामा कार्यरत कुनै कर्मचारीको मृत्यु भएमा वा यस विनियम बमोजिम स्वास्थ्यगत आधारमा कुनै कर्मचारीलाई अवकाश गरिएको रहेछ भने त्यस्ता कर्मचारीको एकाघरका एक सदस्य (पति÷पत्नि वा अविवाहित छोरा÷अविवाहित छोरी) लाई शैक्षिक योग्यताको आधारमा सहायक श्रेणीसम्मको कुनै पदमा रोजगारी दिन सकिनेछ ।

उपविनियम (२) बमोजिम नियुक्त हुने कर्मचारीको हकमा यस विनियमावलीका अन्य विनियममा नियुक्तिका लागि तोकिएका योग्यता र नियुक्ति सम्बन्धी व्यवस्था लागु हुने छैन । यस विनियम बमोजिम नियुक्ति हुनको लागी मृतक कर्मचारीको परिवारबाट एक भन्दा बढी निवेदन परेमा अन्तरवार्ता लिई निवेदकहरुमध्ये योग्यतम व्यक्तिलाई नियुक्त गरिनेछ । यस विनियममा उल्लिखित व्यवस्थालाई रोजगारीको अधिकारको रुपमा कसैले दावी गर्न पाउने छैन ।

यस्तो छ पूर्णपाठ

विनियमावली

नेपाल राष्ट्र बैंक

Shares

नेपालबहस संवाददाता

नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद #नेपालबहस #नेपालीसमाचार #स्थानीयसमाचार #ब्रेकिंङन्यूजनेपाल #खोजमुलकसमाचार #नेपालअपडेट्स #अपराधसमाचार #सुरक्षामामिलासमाचार #बैंकिङबीमासमाचार #शेयरबजारसमाचार #कर्पोरेटसमाचार

लेखकबाट थप

सम्बन्धित पोस्ट

तरलता व्यवस्थापन गर्न वित्तीय प्रणालीबाट २८ दिनका लागि ४५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

असार ३, २०८३ बुधबार

गभर्नर पौडेलको हस्ताक्षरमा ५०० दरका नोट बजारमा, संकेत नम्बर झ ३८ ०००००१ देखि ट ८३ ९९९९९९ सम्म

असार ३, २०८३ बुधबार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

असार ३, २०८३ बुधबार

नेपालबहस ट्रेन्डिङ

टेलिकमको बिलिङमा नयाँ खेल, प्रधानमन्त्री सचिवालयका व्यक्तिको भूमिकामाथि प्रश्न

नेपालबहस संवाददाता

असार २, २०८३ मंगलबार

मधेश सरकारले १० प्रतिशत बढायो कर्मचारीको तलब

नेपालबहस संवाददाता

असार १, २०८३ सोमबार

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो, तेलको मूल्य घट्यो

नेपालबहस संवाददाता

असार २, २०८३ मंगलबार

हङकङबाट आएको देउवा दम्पतीको पत्रले सोचमा सरकार, जवाफ फिर्ता गर्ने कि नगर्ने ?

नेपालबहस संवाददाता

असार ३, २०८३ बुधबार

Tweets by nepalbahas

लोकप्रिय

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो, तेलको मूल्य घट्यो

असार २, २०८३ मंगलबार

हङकङबाट आएको देउवा दम्पतीको पत्रले सोचमा सरकार, जवाफ फिर्ता गर्ने कि नगर्ने ?

असार ३, २०८३ बुधबार

हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको तयारी तीव्र, नगर प्रमुख लामासहित टोलीद्वारा स्थलगत निरीक्षण

असार २, २०८३ मंगलबार

छुटाउनुभयो कि?

राष्ट्र बैंकले कस्तो बनायो बैंक तथा वित्तीय संस्थाका कर्मचारीको सेवा विनियमावली ? संशोधित पूर्णपाठ

असार ३, २०८३ बुधबार

खोप्रालेकमा भेडा र हिमशृङखला

असार ३, २०८३ बुधबार

नेपालको विकास साझेदारीलाई थप बलियो बनाउन जर्मनीले ३ करोड ७६ लाख युरो वित्तीय सहयोग गर्ने

असार ३, २०८३ बुधबार

एलजीबीटीक्यू समुदायबाट सगरमाथाको चुचुरोमा पुगिन् निलम पौडेल ( फोटो फिचर )

असार ३, २०८३ बुधबार

आन्तरिक हवाई सेवामा छुट योजनाको प्रतिस्पर्धा

असार ३, २०८३ बुधबार

अमेरिकी गुप्तचर एजेन्सीको प्रतिवेदन : सम्झौतापछि पनि इरानले होर्मुज नाका बन्द गर्ने सम्भावना कायमै

असार ३, २०८३ बुधबार

स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)