मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

खरायो पैँचो कार्यक्रम: किसानलाई खरायोका बच्चा सहयोग

ratopati.com · Sun May 10 22:26:36 GMT 2026

तनहुँ । र्याबिट कन्र्सन नेपालको सहयोगमा यहाँका ११ किसानलाई आइतबार तीन वटाका दरले ३३ वटा खरायोका बच्चा सहयोग गरिएको छ ।

कन्र्सनकी निर्देशक पूजा पौडेलले वडाध्यक्ष वसन्तबहादुर आलेलाई केजसहित क्यालिफोर्निया जातको खरायोका बच्चा हस्तान्तरण गरेकी हुन् । खरायो पैँचो कार्यक्रम नेपालमै पहिलोपटक यस क्षेत्रमा सुरुआत गरिएको र आउँदा दिनमा विस्तार गर्दै लैजाने योजना रहेको निर्देशक पौडेलले बताइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)