काठमाडौंमा मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय चलचित्र महोत्सव
ratopati.com · Sun Dec 08 18:38:00 GMT 2024

काठमाडौं । नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको १२औँ संस्करण राजधानी काठमाडौंमा हुने भएको छ । ‘सामाजिक न्याय’ नाराका साथ मङ्सिर २४ देखि २७ गतेसम्म महोत्सव हुने आयोजक नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र केन्द्रले जनाएको छ ।
चलचित्र विकास बोर्डको सभाहल तथा प्रदर्शनीमार्गस्थित पर्यटन बोर्डको सभाहलमा महोत्सव सञ्चालन हुने केन्द्रका अध्यक्ष पाण्डव खत्रीले बताए । मानवअधिकारको संरक्षणका लागि पैरवी गर्न विगत १५ वर्षदेखि निरन्तर महोत्सव गरिँदै आएको उनले बताए । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)