मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रुस पुगे सिरियाका राष्ट्रपति असद

onlinekhabar.com · Sun Dec 08 19:11:29 GMT 2024

२४ मंसिर, काठमाडौं । विद्रोहीको सामना गर्न नसकेपछि देश छाडेर भागेका सिरियाका राष्ट्रपति बसर अल असद रुसको राजधानी मस्को पुगेका छन् । रुसी सरकारी समाचार एजेन्सीहरूले बसर अल असद परिवारसहित मस्को आएको जनाएका हुन् ।

मिडिया रिपोर्टका अनुसार सिरियाका राष्ट्रपति असदलाई रुसले शरण दिएको छ । असद र उनको परिवारका सदस्यलाई ‘मानवीय दृष्टिकोण’का आधारमा रुसले शरण प्रदान गरेको स्रोतलाई उद्धृत गर्दै अलजजिराले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)