मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

'असार तेस्रो सातादेखि लालपुर्जा वितरण हुन्छ'

shilapatra.com · Wed Jun 17 12:26:40 GMT 2026

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सरकारले सुकुम्बासीलाई आगामी असार तेस्रो साताबाट लालपुर्जा वितरण सुरु गर्ने बताएकी छन् । विगतका आयोगहरू राजनीतिक कारणले प्रभावकारी नभएको भन्दै उनले नयाँ संरचनाअनुसार सीडीओको नेतृत्वमा जिल्लास्तरबाट काम हुने जानकारी दिइन् ।

उनले ३० वर्षमा १२ लाख निवेदनमध्ये केवल ९ हजारले मात्र लालपुर्जा पाएको अवस्थालाई सुधार्ने बताइन् । 'लालपुर्जाको हकमा हामीले काम सुरु गरिसकेका छौँ । अब असारको तेस्रो हप्तादेखि लालपुर्जा वितरण गर्ने काम सुरुवात गर्ने छौँ', उनले भनिन् ।

सहकारी क्षेत्रमा राज्यकोषको पैसा प्रयोग नगरी समस्या समाधान भइरहेको र पछिल्ला ३ महिनामा १,४५२ बचतकर्ताको करिब ५९ लाख रुपैयाँ फिर्ता गरिएको उनले जानकारी दिइन् । साथै ३.५ करोडभन्दा बढी ऋण असुली भएको पनि बताइन् ।

त्यसैगरी, पोषण कार्यक्रमका लागि स्थानीय तहको अवस्थाअनुसार बजेट छुट्याइएको, निजामती सेवा विधेयक प्रक्रियामा रहेको उनले जानकारी दिइन् ।

प्रकाशित मिति: बुधबार, असार ३, २०८३

१८:११

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)