गोरखामा जीप दुर्घटना, दुई जना घाइते
ratopati.com · Sun May 24 16:58:31 GMT 2026

गोरखा । गोरखाको मनकामना सडकमा जीप दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । आँबुखैरेनीबाट मनकामनातर्फ जाँदै गरेको ग१च ५५६७ नम्बरको जीप रामशाह घाटमा दुर्घटना भएको हो ।
दुर्घटनामा जीपका चालक मकवानपुरको राक्सिराङ गाउँपालिका–३ सिजलटारका २४ वर्षीय सुजन घलान र भारतीय नागरिक १८ वर्षीय अरविनकुमार साह घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)