प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक
nayapatrikadaily.com · Thu Sep 30 00:37:00 GMT 2021
संसद्को अवरोध खुलाउने विषयमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठकको आह्वान गरेका छन् । बैठक बिहीबार बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने देउवाको सचिवालयले जनाएको छ ।
संसद्मा जारी अवरोध खुलाउने र त्यसका लागि दलहरूबीच छलफल भइरहेको राजनीतिक सन्देश प्रवाह गर्ने उद्देश्यका साथ प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका हुन् । प्रधानमन्त्री भएयता सर्वदलीय छलफल नभएकाले पहिलोपटक देउवाले बैठक बोलाएको देउवाको सचिवालयको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)