मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज विवाह पञ्चमी पर्व मनाइँदै

hamrakura.com · Tue Nov 25 00:00:00 GMT 2025

काठमाडौँ। त्रेतायुगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम-सीताको पूजा आराधना गरी विवाह पञ्चमी पर्व मनाइँदैछ। मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा आज भगवान् सीता र रामको विवाह महोत्सव विधिपूर्वक हुँदैछ। गोस्वामी तुलसीदासले रामायणमा वर्णन गरेअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन्।

पौराणिक कथनअनुसार, मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिव धनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पारेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो। जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको स्वयंवरमा ५६ कोटी देवताको अदृश्य रूपमा उपस्थिति रहने विश्वासका साथ सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासीहरू हर्षोल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि बिहेसम्म सहभागी हुन्छन्।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)