मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सरस्वती कप फुटसल बिहीबार

gorkhapatraonline.com · Wed Jun 17 12:34:50 GMT 2026

सरस्वती युथ क्लबको आयोजनामा बिहीबार बीबीआर सरस्वती कप फुटसल प्रतियोगिता हुने भएको छ ।

रोयल फुटसलमा आयोजना हुने प्रतियोगितामा उपत्याकाका १६ टिमको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष उत्तम भण्डारीले जानकारी दिनुभयो ।

‘‘विश्वभर विश्वकपको माहोल तातिरहेको समयमा युवा खेलाडीलाई यस खेलमा आकर्षित गराउन क्लबले प्रतियोगिता आयोजना गरेको हो । यस्ता प्रतियोगिताबाट प्रतिभाको पहिचान हुने अपेक्षा पनि राखेका छौँ । क्लबले छिट्टै स्ट्रिट विश्वकप फुटबल छनोट प्रतियोगिता समेत आयोजना गर्नेछ । जसबाट छानिएका खेलाडीलाई नेदरल्यान्ड्समा आयोजना हुने स्ट्रिट विश्वकपमा सहभागि गराइनेछ,’’ भण्डारीले भन्नुभयो ।

एकदिने फुटसलका खेलहरु नकआउटका आधारमा खेलाइनेछ । प्रतियोगिताको विजेता टिमलाई एक लाख र उपविजेतालाई ५० हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ ।

यस्तै फेयर प्ले टिमलाई १५ हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितालाई काठमाडौँ महानगरपालिका, होटल ए वानलगायत सङ्घसंस्थाको सहयोग रहेको आयोजकले जनाएको छ । कार्यक्रममा प्रतियोगिताको ट्रफी समेत सार्वजनिक गरिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)

सम्बन्धित विषय