एल–निनो असर : भित्रिएन मनसुन, सुक्खाको चिन्ता, खडेरीको डर
nepalsamaya.com · Wed Jun 17 12:42:17 GMT 2026

काठमाडौं। सामान्यतया जुन १३ मा नेपाल भित्रिने मनसुन यस वर्ष आगमनको निर्धारित मिति कटिसक्दा पनि मनसुनी प्रणाली भित्रिन सकेको छैन। प्रशान्त महासागरमा विकसित मौसमीय प्रणाली र पश्चिमी वायुको प्रभावका कारण मनसुन आगमनमा चार दिन ढिलाइ भएको हो।
जल तथा मौसम विज्ञान विभागले गरेको भू–उपग्रह तथा गणितीय मौसम पूर्वानुमानको विश्लेषणका आधारमा मनसुन आगमन अझ केही दिन धकेलिने देखिएको छ। विभागको प्रवक्ता विभूति पोखरेलले नेपालमा मनसुन आगमन अझ केही दिन ढिलो हुने सम्भावना रहेको बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)
काठमाडौँ
मधेस प्रदेश
मौसम