पोल्याण्डलाई हराएको स्वीडेन समूह ‘ई’को विजेता, स्पेन उपविजेता बन्दै अन्तिम १६ मा
pahilopost.com · Wed Jun 23 18:11:34 GMT 2021
यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न समूह ‘ई’को खेलमा स्वीडेनले पोल्याण्डलाई हराएको छ। त्यस्तै, आजै सम्पन्न अर्को खेलमा स्पेनले स्लोभाकियालाई पराजित गरेको छ।
सेन्ट पिटर्सबर्ग स्टेडियममा भएको खेलमा स्वीडेनले पोल्याण्डलाई ३-२ गोलअन्तरले हरायो। स्वीडेनले दोस्रो मिनेटमै एमिल फोर्सबर्गको गोलमार्फत अग्रता लिएको थियो। ५९ औँ मिनेटमा फर्सबर्गले अर्को गोल थप्दै अग्रता दोब्बर बनाए। पोल्याण्डका लागि रोबर्ट लोवान्डोस्कीले ६१ र ८४ औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए। तर, अतिरिक्त समयमा भिक्टर क्लासोनले गोल गर्दा स्वीडेनले खेल ३-२ ले आफ्नो पक्षमा पार्यो।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)