मारबाडी सेवा भोजनालयलाई २ लाख जरिवाना
himalpress.com · Sun Oct 06 17:20:37 UTC 2024
पोखरा– पोखराको चिप्लेढुंगास्थित मारबाडी सेवा भोजनालयलाई २ लाख जरिवाना गरिएको छ। जिल्ला प्रशासन कार्यालय, कास्कीले भोजनालयले अर्डरबमोजिम खाजा नल्याएको भन्दै उक्त रकम बराबरको जरिवाना गराएको हो।
आइतबार प्रशासन कार्यालयमा शिक्षा विकास तथा समन्वय इकाइ, पोखराको आयोजनामा लागुऔषधसम्बन्धी अन्तक्र्रिया कार्यक्रम गरिएको थियो। सो कार्यक्रममा सहभागीलाई खाजा खुवाउन उक्त भोजनालयबाट अर्डर गरिएकोमा भोजनालयले अर्डरबमोजिम वस्तु उपलब्ध नगरी उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ खण्ड (ङ) बमोजिम कसूर गरेको पाइएकाले कारबाही गरिएको प्रशासनले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)