मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चुनावमा होमियो देश

annapurnapost.com · Tue Sep 20 00:34:00 GMT 2022

काठमाडौं : सोमबार साँझ ८ बजेसम्म निर्वाचन आयोगका कर्मचारीलाई कागजपत्र रुजु गर्ने चटारो थियो। दलका नेताहरू समानुपातिकतर्फको बन्दसूचीको कागजात रुजु गराउने हतारमा देखिन्थे। अन्य दिनभन्दा सोमबार आयोग परिसरको माहौल गुलजारमय थियो। किनभने मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि असोज २ र ३ गते समानुपातिकतर्फको बन्दसूची पेस गर्ने समय हो।

जिल्ला र प्रदेशबाट सिफारिस भएर आएका नामलाई अन्तिमरूप दिन शीर्षस्थ दललाई निकै सकस भएको थियो। त्यसले उनीहरू ४ बजे मात्रै बन्दसूचीका फाइल बोकेर पुगेका थिए। प्रदेशसभातर्फ २ सय २० र प्रतिनिधिसभातर्फ १ सय १० जनाको बन्दसूचीका नामहरू लिएर दलका नेताहरू आयोग पुगेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)