अर्थमन्त्रीको गृहजिल्लाको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट
hamrakura.com · Thu Jul 09 00:00:00 GMT 2026
दमौली । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाका लागि सरकारले रु छ अर्ब बढी बजेट विनियोजन गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आगामी आर्थिक वर्षका लागि अर्थमन्त्री स्वर्णिम वाग्लेको गृहजिल्लाको आयोजनालाई उक्त बजेट उपलब्ध गराएको हो ।
ऋषिङ गाउँपालिका–१ झापुटारमा जलविद्युत् आयोजनाको काम तीव्र गतिमा अगाडि बढिरहेको छ । आयोजनाको तीन वटा प्याकेजमा काम भइरहेको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)