नेपालमा मनसुन भित्रिन नदिने एल–निनो के हो ?
shilapatra.com · Wed Jun 17 12:51:00 GMT 2026

सामान्यतया १३ जूनमा नेपाल भित्रिने मनसुन यस वर्ष आगमनको निर्धारित मिति कटिसक्दा पनि मनसुनी प्रणाली भित्रिन सकेको छैन । प्रशान्त महासागरमा विकसित मौसमीय प्रणाली र पश्चिमी वायुको प्रभावका कारण मनसुन आगमनमा चार दिन ढिलाइ भएको हो ।
जल तथा मौसम विज्ञान विभागले गरेको भू–उपग्रह तथा गणितीय मौसम पूर्वानुमानको विश्लेषणका आधारमा मनसुन आगमन अझ केही दिन धकेलिने देखिएको छ । विभागको प्रवक्ता विभूति पोखरेलले नेपालमा मनसुन आगमन अझ केही दिन ढिलो हुने सम्भावना रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)
मधेस प्रदेश
मौसम