जलवायु संकटः १५ वर्षमा आधा घट्यो लिमी उपत्यकाको जनसंख्या
ukaalo.com · Wed Sep 09 12:06:21 GMT 2026

लिमी, हुम्ला– २०८२ जेठ १ गते राति १० बजेतिर तिल गाउँकी पेमा याङ्छे लामाको कानमा जहाज ठोक्किएको जस्तो आवाज आयो। अढाइ वर्षको छोरा च्यापेर सुतेकी उनले आँखा नखोली कान थापिन्– गाउँका मान्छे चिच्याएको आवाज सुनेपछि हत्तपत्त ओछ्यानबाट उठिन्।
घरैछेउको खोलामा नपत्याउने बाढी आएर गाउँले आत्तिएका रहेछन्। उनी भन्छिन्, “त्यसपछि भागाभाग भयो। कोही जुत्ताचप्पल विनै, कोही सुतेकै लुगामै भागे। म पनि सानो छोरो लिएर बस्तीभन्दा टाढाको बारीमा गएर बसेँ।” विपत्तिको त्यो रातमा उनीहरूले न कसैसँग सम्पर्क गर्न सके न कोही उद्धारका लागि आउन सक्ने अवस्था थियो। नजिकको हल्जी गाउँ पुग्न २/३ घण्टा हिँड्नुपर्थ्यो। फेरि हल्जी पुग्ने तीन वटै पुल बाढीले बगाइदिएको थियो। मध्यरातमा वडाध्यक्षसँग सम्पर्क त भयो तर उनी पनि आउन सक्ने अवस्था थिएन।
स्रोतमा पूरा पढ्नुहोस् (ukaalo.com)