पत्रकारलाई घुस दिन खोजेको हल्लाप्रति चिनियाँ दूतावासको आपत्ति
baahrakhari.com · Sun May 24 17:34:39 GMT 2026

काठमाडौं । नेपालस्थित चिनियाँ दूतावासले चिनियाँ नागरिकले नेपाली राजनीतिज्ञको बारेमा नकारात्मक रिपोर्ट बनाउन मिडियाका धेरै पत्रकारहरूलाई घुस दिने प्रयास गरेको भन्ने हल्लाप्रति आपत्ति जनाएको छ । दूतावासले विज्ञप्ति जारी गर्दै हल्लाहरू सुनेर चिनियाँ पक्ष गहिरो रूपमा स्तब्ध भएको जनाएको छ ।
“हामी चीनको जानाजानी बदनाम गर्ने यस्ता कार्यहरूको कडा शब्दमा निन्दा गर्छौं,” दूतावासका प्रवक्ताले भने, “चीनले सधैँ अन्य देशहरूको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तको पालना गर्दै आएको छ, नेपालको राष्ट्रिय स्वतन्त्रता, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षा गर्ने प्रयासहरूलाई निरन्तर र दृढतापूर्वक समर्थन गर्दै आएको छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)