पाकिस्तानको तटमा कार्गो विमानको भग्नावशेष फेला, ५ चालक दलका सदस्यको खोजी जारी
barnanmedia.com · Wed Jul 08 22:46:30 GMT 2026

पाकिस्तानको कराची बन्दरगाह नजिकै अरब सागरमा बेपत्ता भएको कार्गो विमानको भग्नावशेष फेला परेको छ । विमानमा सवार पाँच चालक दलका सदस्यको खोजी भने जारी रहेको अधिकारीले जनाएका छन् ।
निजी विमान सेवा कम्पनी के–टु एयरवेजद्वारा सञ्चालित उक्त विमान संयुक्त अरब इमिरेट्स (यूएई) को शारजाहबाट उडेको थियो । मङ्गलबार राति हवाई ट्राफिक नियन्त्रणसँग सम्पर्क विच्छेद हुनुअघि विमानले नेभिगेसन प्रणालीमा समस्या देखिएको जानकारी दिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)