मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ई–सेवाको कर्मचारी भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

onlinekhabar.com · Wed Jun 17 12:58:53 GMT 2026

३ असार, काठमाडौं । ई–सेवाको कर्मचारी भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रौतहट घर भएका २२ वर्षीय शुभम साह छन् । उनलाई प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो । उनले ई–सेवाको कर्मचारी हुँ भन्दै रिवार्ड पोइन्ट रहेको, ई–सेवा चेक गर्दा ओपीटी समेत प्राप्त भई प्रयोग गर्दा १ लाख ९८ हजार रकमान्तर गरी ठगी गरेको आरोप छ ।

उनको साथबाट ई–सेवा स्क्याम गर्नका लागि भन्दै नाम लेखिएका १५३ जनाको ई–सेवा आईडी नम्बर समेत फेला परेको ब्यूरोका एसपी दिलिप कुमार गिरीले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

सम्बन्धित विषय