मुम्बईकाे एक भवनमा आगलागी, सात जनाको मृत्यु
barnanmedia.com · Sun Oct 06 21:25:26 UTC 2024

भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रको मुम्बई सहरमा आइतबार एक भवनमा आगलागी हुँदा दुई बालबालिका सहित कम्तीमा सात जनाको मृत्यु भएको छ । अन्य केही घाइते भएका छन् ।
देशको आर्थिक राजधानी मुम्बईको चेम्बुर क्षेत्रमा आज बिहान आगलागी भएको हो । मृतक सबै एकै परिवारका सदस्य थिए । भुइँ तल्लामा पसल र पहिलो तल्लामा आवासीय एकाइ रहेको दुई तल्ले भवनमा आइतबार आगलागी भएको हो । प्रहरीका अनुसार घटना हुँदा मृतकहरु सुतिरहेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)