कर्णालीमा नेपाल–युरोपियन युनियन चलचित्र महोत्सव सुरु
lokpath.com · Sat Nov 05 18:23:54 GMT 2022
सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा नेपाल–युरोपियन युनियन चलचित्र महोत्सवको ११ औँ संस्करण सुरु भएको छ । महोत्सवको उद्घाटनपछि नेपालस्थित युरोपेली युनियनको डेलिगेजनकी कार्यवाहक प्रमुख ड.जोएले हिभोनेटले भने, ‘फिल्म महोत्सवले नेपाली–युरोपेली दुई समाजको आपसी समझदारीलाई प्रवद्र्धनमात्र गर्ने छैन, यसले सांस्कृतिक–सामाजिक सम्बन्धलाई पनि प्रगाढ बनाउँदै लैजानेछ ।’
उनले कर्णालीमा पहिलो चोटीको प्रयास भएको जनाउँदै यहाँको सांस्कृतिक, पर्यटकीय र सामाजिक समस्यालाई पनि चलचित्रका माध्यमबाट देखाउन सकिने बताए । जोएलेका अनुसार इयूका २७ सदस्य राष्ट्रहरूले पनि महोत्सवमा प्रतिबद्धतासहित हस्ताक्षर गरेका छन् । यहाँको सहयोग सद्भावले कर्णालीमा अर्कोपटक पनि आउने प्रतिबद्धता उनले गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)