बिहे गरेर अमेरिका लैजाने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ
barnanmedia.com · Wed Jun 17 13:09:48 GMT 2026

बिहे गरेर अमेरिका लैजाने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा स्याङ्जाको भीरकोट नगरपालिका–२ लुगाडाँडा घर भएका सञ्जिव नेपाली र काभ्रेको मण्डनदेउपुर नगरपालिका–१२ की ३३ वर्षीया अनुष्का भन्ने सरिता पराजुली छन् । उनीहरूलाई प्रहरीको केन्द्रीय साइबर ब्युरोले पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
काठमाडौँ