मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज बडादशैँको पाँचौं दिनः देवी स्कन्दमाताको पूजा

kalakarmi.com · Sun Oct 06 23:19:41 UTC 2024

काठमाडौं– आज असोज २१ गते सोमवार अर्थात बडादशैँको पाँचौं दिन देवी स्कन्दमाताको पुजा आराधना गरिँदैछ । स्कन्दमाताको दाहिने हातमा कमलको पुष्प, बायाँ हातमा वरमुद्रा रहेको छ । स्कन्दमाताका तीन आँखा र चार हातहरु छन् । वर्ण पूर्णतः शुभ कमलासनमा विराजमान भएकी स्कन्दमाताको वाहन सिंह हो ।

यी मातालाई पद्मासन देवी पनि भनिन्छ । यीनका पुत्र स्कन्द माताको काखमा बसेका छन् । शास्त्रहरुमा देवी स्कन्द माताको आराधनाको महत्व धेरै रहेको छ । यी देवीको उपासना गर्नाले भक्तहरुको समस्त इच्छाहरु पूरा हुनुको साथै भक्तहरुलाई मोक्ष प्राप्त हुन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)