सुन्दरहरैंचामा सुन्दर संगम सांगीतिक साँझ २०८१ हुने
rajdhanidaily.com · Sun Oct 06 23:19:49 UTC 2024

बिराटनगर । मोरङको सुन्दरहरैंचामा सुन्दर संगम सांगीतिक साँझ २०८१ आयोजना हुने भएको छ। सिद्धार्थ युवा समाज क्लब आयोजनामा सुन्दर संगम सांगीतिक साँझ हुन लनगेको हो । सो सागीतिक साझमा चर्चित गायक महेश काफ्ले,सुदन राई र्यापर दारी साथै स्थानिय कलाकार तथा अन्य नृत्यकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
सुन्दर संगम सांगीतिक साँझ मंगलबार बेलुका सुन्दरहरैंचा नगरपालिका – ६ स्थित देवकुमारी चोकमा आयोजना हुने सिद्धार्थ युवा समाज क्लबका अध्यक्ष अशिम राईले जानकारी दिए। वडा दशैँको अवसर पारेर हुन् लागिरहेको सुन्दर संगम सांगीतिक साँझबाट केहि रकम छुट्याएर निम्न आय भएका परिवारका विद्यार्थीहरुलाई पोशाक खरिद गरेर वितरण गरिने अध्यक्ष राईले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)