टसमस रामकुमारी झाँक्री, एकीकृत समाजवादी नरम
nagariknews.nagariknetwork.com · Wed Jul 09 16:23:21 GMT 2025

प्राय: राष्ट्रिय राजनीतिक वृत्तमा चर्चामा रहिरहने पूर्वमन्त्री रामकुमारी झाँक्री पुन: बहसको पात्र बनेकी छन्। पार्टी अध्यक्ष माधवकुमार नेपालका प्रति दिएको एउटा अभिव्यक्तिका कारण उनी अहिले बहसको पात्र बनिरहेकी छन्।
गत असार १५ गते लुम्बिनीमा आयोजित पार्टीको भ्रातृ सङ्गठन युवा संघ नेपालको भेलालाई सम्बोधन गर्ने क्रममा उनले भनेकी थिइन्— पार्टीमा सङ्कट छ, अध्यक्षकै बारेमा सङ्कट आयो। अब के गर्ने ? अब पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्ने हो। सङ्कट आयो भनेर भाग्ने भनेको होइन। पार्टीलाई पुनर्गठन गरौँ। कसरी गर्ने ? कानूनी, संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आयो। अरु कैयौं पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ। अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन। अर्ली महाधिवेशन गरौँ। पुनर्गठन गरेर अध्यक्ष बनाऔँ। कहाँ हुन्छ यसरी ? म त भन्छु।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)