भ्रष्टाचारविरुद्ध कारबाही गर्ने निकायउपर विशेष अदालतको अतिरिक्त सक्रियता किन ?
barnanmedia.com · Wed Jul 30 21:37:14 GMT 2025

भ्रष्टाचारविरुद्ध कारबाही गर्ने निकाय अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पदाधिकारीउपर विशेष अदालतले देखाएको अतिरिक्त सक्रियताले यतिखेर ठूलै हलचल पैदा गरेको छ । खासगरी नेपाल वायु सेवा निगमको वाइडबडी जहाज किन्दा भएको भनिएको भ्रष्टाचार प्रकरणमा विशेष अदालतका न्यायाधीशहरु अध्यक्ष टेकनारायण कुँवर, तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईका विषयमा गरेको टिप्पणीलाई लिएर राजीनामाका लागि दबाब दिन थालिएको छ ।
विशेष अदालतको फैसलालाई हतियार बनाएर राईलाई काम गर्नबाट रोक्न खोजिएको छ । सार्वजनिक रुपमा उनको नूर गिराउन खोजिएको छ । भ्रष्टाचारविरुद्ध आक्रामक कारबाहीमा उत्रिएको अख्तियारको गतिलाई बिथोल्न खोज्नेहरू रातारात टाउको उठाउन थालेका छन् र विभिन्न तवरले भाँजो हाल्ने तरिकाले सक्रिय भइरहेका छन् । राई भ्रष्टाचार मुद्दामा दोषी नै ठहर भइसके जस्तो गरी कोकोहोलो मच्चाइँदै छ । जुन निकै शंकास्पद र आश्चर्यजनक र नियोजित देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)