बब्लु अस्ट्रेलियाको चार प्रतियोगितामा निर्णायक
neplays.com · Wed Jun 17 13:25:00 GMT 2026
काठमाडौं । तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक बब्लु सिवाकोटीले अस्ट्रेलियामा आयोजना हुने विभिन्न चार अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन् । तेक्वान्दोका ग्योरोगी तथा पुम्सेका अन्तर्राष्ट्रिय निर्णायक बब्लुले विश्व तेक्वान्दोको वरीयता प्राप्त ओसियना ओपन पारा तेक्वान्दो च्याम्पियनसिप (जी–फोर), डब्लुटीए प्रेसिडेन्ट कप (जी–थ्री), अस्ट्रेलियन ओपन (जी–टु) र गोल्डकोस्ट ओपन तेक्वान्दो च्याम्पियनसिप (जी–टु) मा निर्णायकको भूमिका निर्वाह गर्ने छन् ।
अस्ट्रेलियन तेक्वान्दो तथा ओसियाना तेक्वान्दोको संयुक्त रुपमा आयोजनामा हुने प्र्रतियोगिता जुन १८ देखि २२ तारिखसम्म सञ्चालन हुनेछ । उनले यसअघि सन् २०२४ र २०२५ मा पनि यी प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)