छ हजार ६३० विद्यार्थी राष्ट्रिय सेवा दल तालिममा
gorkhapatraonline.com · Wed Jun 17 13:27:19 GMT 2026

युवा पुस्तामा अनुशासन, नेतृत्व क्षमता, सामाजिक उत्तरदायित्व तथा राष्ट्रसेवाको भावना विकास गर्ने उद्देश्यले राष्ट्रिय सेवा दलले जुनियर डिभिजन राष्ट्रिय सेवा दल (एनसीसी) तालिम सुरु गरेको छ । देशभरका २२१ विद्यालयमा अध्ययनरत छ हजार ६३० छात्रछात्रालाई समेटेर यो तालिम सुरु गरिएको हो ।
विद्यालय तहदेखि नै सक्षम, अनुशासित र राष्ट्रप्रति समर्पित नागरिक तयार पार्ने लक्ष्यका साथ सञ्चालन गरिएको उक्त तालिम दुई चरणमा सम्पन्न गरिँदै छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार पहिलो चरणमा सम्बन्धित विद्यालयमै संस्थागत तालिम सञ्चालन गरिनेछ । दोस्रो चरणमा सहभागी विद्यार्थीलाई समावेश गरी वार्षिक सामूहिक क्याम्प आयोजना गरिनेछ । आगामी भदौ महिनादेखि ३६ वटा विद्यालयका एक हजार ८० विद्यार्थीलाई समेटेर सिनियर डिभिजन तालिमसमेत सञ्चालन गर्ने तयारी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)