दुई सय बढी खोप केन्द्रबाट किशोरीलाइ एचपीभी खोप लगाउन सुरु
gorkhapatraonline.com · Wed Sep 09 12:46:51 GMT 2026

सल्यानमा दुई सय बढी खोप केन्द्रबाट किशोरीहरुलाइ पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) खोप लगाउन सुरु गरिएको छ । यस वर्ष जिल्लाका दश पालिकामा दुई हजार ३६७ जना किशोरीहरुलाइ खोप दिने लक्ष्य रहेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । बुधबारबाट सुरु भएको यो अभियान यही शुक्रबारसम्म चल्नेछ ।