मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

साख गुमाएको साझा

ekantipur.com · Fri Aug 20 01:11:28 GMT 2021

काठमाडौँ — कुनै समय साझा प्रकाशनमा ४ सय १४ जना कर्मचारी काम गर्थे । देशभर २८ वटा शाखा थिए । मुनाफाबाटै साझाले विभिन्न जिल्लामा जमिन र भवन पनि जोड्यो । तर अहिले साझाको रुग्णावस्था देख्दा विद्वत्वर्ग मन अमिलो बनाउँछन् ।

लेखकले पुस्तकको रोयल्टी पाएका छैनन् । जनक शिक्षा सामग्री केन्द्रबीचको व्यवहार टुटेको छ । हाल कार्यरत ७७ कर्मचारीले गत वर्षको भदौदेखि तलब पाएका छैनन् । ‘गोल्डेन ह्यान्डसेक’ मा बिदा गरिएका १ सय ४५ कर्मचारीले पाउने ५ करोड रुपैयाँको स्रोत टुंगो लाग्न सकेको छैन । गत पुसमा निर्वाचित सञ्चालक समितिका पदाधिकारीहरू ‘जसरी पनि साझा बचाउनुपर्छ’ भन्दै प्रधानमन्त्रीदेखि मन्त्रीका दैला चहारिरहेका छन् । अनेक जुक्ति निकाल्दा पनि साझाको संकट टार्ने विकल्प देखिएको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)