मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रातो मत्स्येन्द्रनाथको रथ जावलाखेल पुर्‍याइयो

nepalnews.com · Wed Jun 17 13:23:18 GMT 2026

काठमाडौँ। वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथलाई लगनखेलको थहिटि टोलबाट तानेर जावलाखेल पुर्‍याइएको छ।

वैशाख शुक्ल प्रतिपदादेखि रथारोहण सुरु भएर लगनखेलको थहिटि टोलमा रोकिएको रथलाई शुभ साइतअनुसार तानेर बुधबार जावलाखेल पुर्‍याइएको हो।

रथलाई जावलाखेल पुर्‍याएको चार दिनमा हरेक वर्ष राष्ट्रप्रमुखको उपस्थितिमा भोटो देखाउने प्रचलन भएकाले ६ असारमा भोटो देखाइने तय भएको छ।

पुल्चोकमा रथारोहण गरी सुरु भएको मत्स्येन्द्रनाथको रथयात्रा गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावलाखेलमा पुर्‍याएर भोटो देखाइन्छ।

भोटो देखाएसँगै मत्स्येन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि जात्रा समापन हुन्छ। पौराणिक कथनअनुसार १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्र देवले यो जात्राको सुरुआत गराएको किंवदन्ती छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)