अजय देवगन स्टारर ‘दृश्यम: द कन्क्लुजन’को ट्रेलर सार्वजनिक
kendrabindu.com · Wed Sep 09 12:54:31 GMT 2026

काठमाडौं । बहुप्रतीक्षित बलिउड चलचित्र ‘दृश्यम: द कन्क्लुजन’को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ । अभिनेता अजय देवगनको मुख्य भूमिका रहेको यस चलचित्रको ट्रेलरले विजय सालगाउँकर र उनको परिवारलाई पुनः अपराध, रहस्य र नयाँ सङ्कटको घेरामा उभ्याएको छ।
ट्रेलरमा अजय चर्चित पात्र ‘विजय सालगाउँकर’को भूमिकामा फर्किएका छन् भने अभिनेत्री तब्बूले पनि आफ्नो पुरानै भूमिकालाई निरन्तरता दिएकी छन्। यसपटक अभिनेता द्वय जयदीप अहलावत र प्रकाश राजको नयाँ प्रवेशले कथामा रहस्य र तनावलाई अझ बढाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)