दुई अन्तर्राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा सहभागी हुन ललित माल्दिभ्स जाने
baahrakhari.com · Tue Jul 04 17:48:00 GMT 2023
काठमाडौं । ललित धिमालले माल्दिभ्सको मालेमा हुने दुई अन्तर्राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने भएका छन् । यी दुई प्रतियोगिता असार २० देखि २४ गतेका बीचमा हुनेछ ।
ललितले १३औँ दक्षिण एसियाली शारीरिक सुगठन तथा प्रथम माल्दिभ्स अन्तर्राष्ट्रिय आमन्त्रण शारीरिक सुगठन प्रतियोगितामा भाग लिन लागेका हुन् । आठौँ मिस्टर हिमालय शारीरिक सुगठन प्रतियोगिताका ओभरअल च्याम्पियन ललितले दुवै प्रतियोगितामा पुरुष ७५ केजी तौल समूहमा नेपाल चुनौती प्रस्तुत गर्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)