गाजामा इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, बालबालिकासहित कैयौं घाइते
barnanmedia.com · Wed Jul 09 22:31:45 GMT 2025

गाजाको नागरिक सुरक्षा निकायले बुधबार इजरायली हवाई आक्रमणमा कम्तीमा २२ जना नागरिकको मृत्यु भएको पुष्टि गरेको छ । मृतकमध्ये कम्तीमा छ जना बालबालिका रहेका छन् ।
एजेन्सीका प्रवक्ता महमुद बस्सालका अनुसार, खान युनिसको पश्चिमी क्षेत्रमा पर्ने अल–मावासी क्षेत्रमा एकै परिवारका १० जना सदस्य एकै आक्रमणमा ज्यान गुमाएका हुन् । अर्को हवाई आक्रमण गाजा सिटीको नजिकैको अल–शाटी शरणार्थी शिविरमा भएको थियो, जहाँ १० जना मारिएका र ३० भन्दा बढी घाइते भएका छन् । बस्सालका अनुसार, अल–शाटीमा मारिएका व्यक्तिहरू दुई फरक परिवारका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)