कांग्रेसकै लागि घातक बन्दै विनोद चौधरी
barnanmedia.com · Wed Jul 09 22:38:24 GMT 2025

नेपालका एक मात्र डलर खर्बपति हुन्, विनोद चौधरी। राजतन्त्रमा राजा, युवराजको सहयोगबाट व्यवसाय बढोत्तरी गरेका चौधरी गणतन्त्रमा सक्रिय राजनीतिमा छन्। ०६४ मा एमालेबाट समानुपाति सभासद बनेका चौधरी, ०७० मा एमालेबाटै नवलपरासीमा उम्मेदवारका लागि सिफारिस भएका थिए। तर, ०७४ मा कित्ता फेरेर कांग्रेसमा लागेका चौधरी ०७९ को चुनावमा नवलपरासीबाट जितेर आएका हुन्।
चौधरी सक्रिय राजनीतिमा आउनुको मुख्य कारण हो, राज्यको स्रोतमाथिको दोहनमा छानबिन हुँदा फस्ने भय। बाँसबारी जुत्ता कारखानाको जग्गा प्रकरणमा उनले जुन किसिमको हतकण्डा अपनाए त्यसले यी आरोपको पुष्टि गर्छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)