पेरिस सेन्ट जर्मेन (पीएसजी) क्लब विश्वकपको फाइनलमा
Ujyaaloonline.com · Thu Jul 10 00:56:53 GMT 2025

काठमाण्डौ – पेरिस सेन्ट जर्मेन (पीएसजी) अमेरिकामा चलिरहेको फिफा क्लब विश्वकपको फाइनलमा पुगेको छ । रियल मड्रिडलाई हिजो ४–० ले हराउँदै फ्रेन्च टोली पीएसजी उपाधि नजिक पुगेको हो ।
पीएसजीका फाबियन रुइसले २ गोल गर्दा, ओस्मान डेम्बेले र गोनसालो रामोसले समान १ गोल गरे । खेलको शुरुवाती २४ मिनेटमै पीएसजीले ३ गोल गर्दै रियलको डिफेन्स तहस नहस बनायो ।
छैटौं मिनेटमा रुइसले पहिलो गोल गर्दा नवौं मिनेटमा डेम्बेलेको गोल गरे । २४ औं मिनेटमा रुइसले अर्को गोल गर्दा पीएसजीले खेल पूर्ण रुपमा नियन्त्रणमा लियो ।
खेल सकिन ३ मिनेट बाँकी रहँदा रामोसको गोल गर्दै जीतलाई सजिलो बनाए । रियलका डिफेन्डर गल्तीले दुई गोल गर्नबाट चुकेका थिए । किलियन एम्बाप्पेले पहिलो रोजाइमा खेले पनि खास प्रभाव पार्न सकेनन् । लुका मोड्रिचले ६४औं मिनेटमा मैदान प्रवेश गरे । कुनै प्रभाव जमाउन सकेनन् ।
पीएसजीले आउँदो आइतवार चेल्सीसँग फाइनल खेल्नेछ । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प समेत अमेरिकाको न्यू जर्सीमा हुने फिफा क्लब विश्वकप फाइनल खेलमा उपस्थित हुने खबरमा भनिएको छ ।
अन्तिम अपडेट:
असार २६, २०८२
Disclaimer:
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Read More
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)