मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एक घर भत्किँदा किचिएर एक बालकको मृत्यु

barnanmedia.com · Wed Jul 30 22:29:31 GMT 2025

यहाँको चन्द्रनगर गाउँपालिका–६, कामद टोलमा आज एक घर भत्किँदा किचिएर एक बालकको मृत्यु भएको छ । आज दिउँसो ४ः ३० बजेको समयमा नवीन सिंहको पुरानो दुई तले पक्की घर अचानक भत्किएको थियो ।

आँगनमा खेलिरहेका स्थानीय गौतम माझीका ६ वर्षीय छोरा अरुण माझीको किचिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सरोज राईले जानकारी दिए । प्रहरी टोली घटनास्थल पुगेको र प्रहरी, स्थानीय मिलेर जेसिबीको सहायतामा भत्किएको घरको भग्नावशेष हटाउने काम भइरहेको जनाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)