विश्वको ध्यान खिचेका पाँच ठुला जेनजी विद्रोह (भिडियो)
ratopati.com · Wed Sep 09 13:30:00 GMT 2026

काठमाडौँ । ‘जेनजी’ एउटा पुस्ता हो । तर अहिले यो पुस्ता विद्रोहको पर्यायवाची बनेको छ । अहिले विश्वका विपन्न मात्र होइन, विकसित देशहरू पनि यो पुस्ताका मागप्रति निकै संवेदनशील बनेका छन् ।
पछिल्ला केही वर्षमा विभिन्न देशमा भएका युवा आन्दोलनले स्थापित राजनीतिक नेतृत्व र सरकारलाई नै गम्भीर चुनौती दिएका छन् । सामाजिक सञ्जालको व्यापक प्रयोग, भ्रष्टाचार, बेरोजगारी, महँगी, कमजोर सार्वजनिक सेवा, राजनीतिक परिवारवाद र पुराना राजनीतिक दलप्रतिको असन्तुष्टि यो पुस्ताको आन्दोलनका प्रमुख आधार बनेका छन् । यी आन्दोलनमध्ये कति देशले सरकारको नीति परिवर्तन गराए, कति देशले राष्ट्रपति वा प्रधानमन्त्रीलाई पदबाट हटाए भने केही देशमा त आन्दोलनले सत्ता संरचनामै ठुलो उथलपुथल ल्याइदियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)