मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सञ्चारसम्बन्धी कानुनलाई पूर्णता दिन मन्त्री शर्मालाई आग्रह

nayapatrikadaily.com · Tue Feb 07 00:24:00 GMT 2023

नेपाल पत्रकार महासंघले सञ्चारसम्बन्धी कानुनलाई पूर्णता दिन सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई आग्रह गरेको छ । मन्त्री शर्मालाई बधाई तथा कार्य सफलताको शुभकामना दिन आयोजित कार्यक्रममा महासंघका अध्यक्ष विपुल पोखरेलले संसद्मा छलफल भएका र पाइपलाइनमा रहेका सञ्चारसम्बन्धी कानुनलाई पूर्णता दिन आग्रह गरेका हुन् ।

आमसञ्चार प्रतिष्ठान, ज्येष्ठ पत्रकार सम्मान वृत्ति, मिडिया काउन्सिल विधेयकलगायत सञ्चार क्षेत्रको नीतिगत सुधारका लागि महासंघले दिएको सुझावका आधारमा निर्माण हुनुपर्ने अध्यक्ष पोखरेलको भनाइ थियो । सरकारले सञ्चार क्षेत्रलाई प्रदान गर्दै आएको सहुलियत सञ्चालकले मात्र नभई श्रमजीवी पत्रकारले पनि पाउनुपर्नेमा अध्यक्ष पोखरेलले जोड दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)