मन्त्री हेरफेरबारे ओली-देउवा वार्ता भोलि, को-को फेरिंदैछन् ?
barnanmedia.com · Wed Jul 30 22:37:11 GMT 2025

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चौथो कार्यकालको पहिलो वर्ष सकिंदै गर्दा मन्त्रिपरिषद्मा उल्लेख्य हेरफेर चाहेका थिए, जुन प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसको अनिच्छाका कारण सम्भव हुन सकिरहेको थिएन ।
औसतभन्दा कमजोर कार्यसम्पादन भएका मन्त्री पहिचान गरेर हेरफेर तयारी गरेका प्रधानमन्त्री ओलीले यसबीचमा तिनको सूची सहित कांग्रेससँग केही चरण कुराकानी गरिसकेका छन् । तर, आफ्नो दलको केन्द्रीय कार्यसमितिकै बैठकबाट ओली सरकारको पहिलो वर्षको समीक्षा गरेको कांग्रेसले अहिले पठाइएकै मन्त्रीहरूलाई कायम राख्ने निर्णय गरेपछि उनी पछि हटेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)