उत्तरपश्चिम पाकिस्तानमा प्रहरी कारबाहीमा तीन जना मारिए
ratopati.com · Wed Jun 17 14:27:02 GMT 2026

पाकिस्तान । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा काउन्टर टेररिज्म डिपार्टमेन्ट (सीटीडी)ले सञ्चालन गरेको गुप्तचर सूचनामा आधारित कारबाहीमा तीन जना विद्रोही मारिएका छन् ।
प्रहरीले बुधबार जारी गरेको विज्ञप्तिअनुसार सुरक्षा निकायले विद्रोहीले आक्रमणको योजना बनाइरहेको तथा कानून प्रवर्तन निकायका कर्मचारीको आवागमनमा अवरोध पु¥याउन चेकपोस्ट स्थापना गरेको सूचना प्राप्त गरेपछि कोहट जिल्लाको शकरदरा रोड क्षेत्रमा उक्त कारबाही सञ्चालन गरिएको हो ।
सुरक्षा टोली घटनास्थलमा पुगेपछि विद्रोहीले गोली चलाएका थिए । त्यसपछि भएको दोहोरो भिडन्तमा तीन जनामारिएका थिए भने उनका केही सहयोगी फरार भएका थिए ।
विज्ञप्तिअनुसार सुरक्षा बलले मारिएका विद्रोहीबाट तीनवटा राइफल, नौवटा म्यागजिन तथा ठूलो परिमाणमा गोलीगठ्ठा बरामद गरेको छ । मृतकको पहिचान गर्ने प्रयास भइरहेको जनाइएको छ ।
फरार भएका संदिग्धको खोजी तथा पक्राउका लागि खोजी अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)