सिरियामा नेपाली शान्ति सेना सुरक्षित : नेपाली सेना
ajakoartha.com · Mon Dec 09 17:21:00 GMT 2024

काठमाडौं - संयुक्त राष्ट्र संघीय शान्ति मिसनअन्तर्गत सिरियामा खटिएका सबै नेपाली सेनाको अवस्था सामान्य रहेको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाले आज प्रेस विज्ञप्ति जारी गर्दै सिरियामा तैनाथ नेपाली शान्ति सैनिक सुरक्षित रहेको जानकारी दिएको हो । इस्लामी विद्रोही समूह हयात तहरीर अल शाम (एचटीएस) ले सिरियामा कब्जा गरिसकेको छ ।
उक्त क्षेत्रमा विगत केही दिनदेखि विकसित घटनाक्रमअन्तर्गत यही मङ्सिर २२ गते संयुक्त राष्ट्र संघको ‘यूएनडिओएफ’ मिसनमा तैनाथ नेपाली शान्ति सैनिक रहेको हदारस्थित १०–ए सुरक्षा पोष्टमा हतियारधारी उक्त समूह जबरजस्ती प्रवेश गरेको थियो । उक्त सुरक्षा पोष्टलगायत सिरियामा तैनाथ संयुक्त राष्ट्र संघीय मिसनअन्तर्गत विभिन्न स्थानमा रहेका नेपाली शान्ति सैनिक सुरक्षित अवस्थामा रहेको सेनाले जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)