मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सभामुख र राष्ट्रियसभा अध्यक्षले गरे निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन

shilapatra.com · Fri Jun 05 14:10:00 GMT 2026

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसहितको टोलीले कञ्चनपुरको दोधारा चादँनीमा निर्माणाधीन सुक्खा बन्दरगाहको कामको प्रगतिका विषयमा जानकारी लिएको छ । सभामुख अर्याल र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले कञ्चनपुरका विभिन्न क्षेत्रको अवलोकनका क्रममा दोधारा चादँनी सुक्खा बन्दरगाहको प्रगतिका विषयमा जानकारी लिएका हुन् ।

निर्माणाधीन सुक्खा बन्दरगाहका नेपालतर्फका प्रतिनिधि एवं कञ्चनपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष तेजबहादुर चन्दले सभामुखसहितको टोलीलाई निर्माणका विषयमा अवगत गराए ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)