खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
ratopati.com · Wed Jun 17 14:41:13 GMT 2026

काठमाडौँ । उदयपुरमा खोलाको दहमा डुबेर एक बालिकाको मृत्यु भएको छ। चौदण्डीगढी नगरपालिका–९ देवधार निवासी बुधन सदाकी १४ वर्षीया छोरी आयुसा सदाको खोलामा डुबेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बुधबार दिउँसो करिब ४:१० बजे चौदण्डीगढी नगरपालिका–१० स्थित देवधार खोलाको दहमा पौडी खेल्ने क्रममा आयुसा डुबेर बेपत्ता भएकी थिइन्।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली र स्थानीय बासिन्दाले संयुक्त रूपमा खोजी अभियान सञ्चालन गरेका थिए। खोजतलासकै क्रममा साँझ ७:२० बजे सोही दहमा आयुसा मृत अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)